हत्या भएको ६ दश पछि प्रथम शहीद घिमिरेको शालीक निर्माण हुदैं

A notice in Nepali from Mechinagar Ward No. 10

११ भदौ, मेचीनगर : हत्या भएको ६ दशकपछि झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालीक निर्माण हुने भएको छ । शुक्रबार शालीक निर्माण स्थल मेचीनगर नगरपालिका—४ बाहुनडाँगीमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाली शालीकको शिलान्यास गर्नुभयो ।


शहिद विश्वनाथ घिमिरे सालिक निर्माण समिति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान मेचीनगर नगरपालिका—४ बाहुनडाँगी झापाका अध्यक्ष एवम् नेपाली काँग्रेस झापाका उपभासपति राम कट्टेलको सभापतित्वमा भएको शालिक शिलान्यास कार्यक्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता सिटौलाले राज्य व्यवस्था परिवर्तनका लागि शहीदहरुको बलिदान कसैले पनि भुल्न नहुने बताउनुभयो । शालिक निर्माणमा आफुले जस्तो सुकै सहयोग गर्ने र सरकारलाई समेत सहयोग उपलश्ध गराउन आफूले पहल गर्ने भन्दैं नेता सिटौलाले त्यसका लागि प्रस्ताव लिएर आउन प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

१९७१ साल जेठ १९ गते जन्मनु भएका शहीद घिमिरेको २०१९ साल जेठ ३१ गते प्रजातन्त्र प्राप्तीको लडाईमा पञ्चायती सेनाले झापाको मेचीनगर—८ स्थित पुण्यचोकमा गोली प्रहार गरी हत्या गरेको थियो । नेपाली काँग्रेस जिल्ला समिति, झापाले प्रजातन्त्र स्थापनार्थ योगदान दिने जिल्लाभरीका प्रजातान्त्रिक योद्धाहरूको सम्मानकालागि शालीक निर्माण गर्ने निर्णय गरेको नेपाली काँग्रेस झापाका सभापति उद्घव थापाले जानकारी दिनुभयो । उहाँले जिल्लाका हरेक ठाउँमा थुप्रै प्रतिष्ठान र शालीक निर्माण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य सरिता प्रसाई, नेपाली काँग्रेस झापा सभापति उद्घव थापा, १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य शहीद घिमिरेका छोरा भगिरथ घिमिरेलगायतले बोल्नुभएको थियो ।

समिति सचिव निरज घिमिरेले सञ्चालन गर्नुभएको शिलान्यास कार्यक्रममा सहभागी सवैलाई नविन वरालले स्वागत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.