धरानमा “ईष्ट टुरिजम मार्ट” हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१८ मंसिर, सुनसरी : आगामी माघ १ देखि ३ गतेसम्म सुनसरीकाे धरानमा “इष्ट टुरिजियम मार्ट” हुने भएकाे छ ।
नेपाल पर्यटन वाेर्डले १ नम्वर प्रदेश अन्तर्गत धरान, विराटनगर वा विर्तामोडमध्ये कुनै एक ठाउँमा आयाेजना गर्नका लागि स्थान ताेकेर सम्बन्धित स्थानीय सरकारसँग समन्वयका लागि सहजीकरण गर्न उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्रालय १ नम्वर प्रदेशलाई अनुराेध गरेकाे थियाे ।

साेहि अनुसार शुक्रबार इटहरीमा सम्पन्न सराेकारवालाहरूकाे वैठकले धरानमा गर्ने निर्णय भएकाे वैठकमा सहभागी नेपाल एशाेसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा १ नम्वर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

मार्ट सम्पन्न गर्न उद्योग वाणिज्य महासंघ १ नम्वर प्रदेश पर्यटन समिति संयाेजक भविशकुमार श्रेष्ठकाे संयाेजकत्वमा हाललाई एघार सदस्यीय मार्ट व्यवस्थान तथा स्थानीय आयाेजक समिति गठन भएकाे छ ।

समितिकाे सहसंयाेजकमा नाट्टा अध्यक्ष उदयकुमार श्रेष्ठ, हाेटल व्यवसायी महासंघ १ नम्वर प्रदेश अध्यक्ष राजन दंगाल र पर्यटन अभियन्ता अर्जुनकुमार कार्की रहनुभएकाे छ ।

सचिवमा एलिना मगर, काेषाध्यक्षमा नारायण पन्दाक लिम्बू तथा सदस्यहरूमा वासुदेव वराल,देवि गाैतम , प्रेमकुमार सुब्बा, मदन ढकालरहनुभएकाे छ ।

सल्लाहकार सदस्यमा राजन श्रेष्ठ र मणिन्द्र कटवाल रहनु भएकाे छ ।
१ नम्वर प्रदेशका पर्यटकिय सेवा तथा सम्पदाहरूकाे वजारीकरणमा मुख्य याेगदान रहाेस भन्ने उद्धेश्यका साथ मार्ट आयाेजना गर्न लागिएकाे नाट्टा अध्यक्ष श्रेष्ठको भनाई छ ।

१ नम्वर प्रदेशका पर्यटन व्यवसायीहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई उपलब्ध गराउने पर्यटकिय गतिविधी एवम् सेवाहरूकाे प्रवद्धन तथा बजारीकरणकालागि भारतका छिमेकी राज्यहरू र नजिकैका समभाव्य अन्य स्राेत बजारका टुर अपरेटर र पर्यटन सम्बद्ध व्यक्तिहरूबीच व्यवसायिक अन्तरक्रियाद्वारा प्रदेशकाे पर्यटन प्रवद्धनमा सघाउ पुग्ने विश्वास समितिले लिईएकाे अध्यक्ष भविशकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

१ नम्वर प्रदेशकाे समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरूकाे राषझ तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार तथा प्रवद्धन गर्ने उद्धेश्यका साथ पर्यटन सम्वद्ध छाता संस्थाहरू तथा पर्यटन व्यवसायीहरूकाे सहकार्यमा पुर्वी नेपालकाे प्रमुख गन्तव्यमा टुरिजम मार्ट वि टु वि आयाेजनाका लागि ३० लाख रूपैयाँ चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपाल पर्यटन वाेर्डले विनियाेजन गरेकाे वाेर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीले बताउनुभयाे ।

प्रदेश स्तरीय पर्यटन व्यवसायीहरूकाे व्यवसायिक विकास विस्तार र अन्तर्राष्ट्रिय स्राेत बजारकाे टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारकाे साझेदारीमा प्रत्येक प्रदेशमा “प्रादेशिक टुरिजम मार्ट” काे आयाेजना गर्ने वाेर्डकाे आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम रहेकाे डाक्टर रेग्मीकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.