एमालेले आज चौँथो मुख्यमन्त्री गुमाउँदै, प्रदेश १ मा आचार्यको सरकार अल्पमतमा

A notice in Nepali from Mechinagar Ward No. 10

१५ कार्तिक, विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि आज मत विभाजन हुदै छ।

आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए। तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो। त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने बताएका छन्।

यसैबीच विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सोमबार बस्ने प्रदेशसभा बैठक अघि आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता सहभागी थिए।

९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ। अहिले एमालेका ४१ सांसद छन् भने विपक्षी गठबन्धनमा ५० सांसद रहेका छन्।

जसमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कुनै पक्षमा देखिएका छैनन्।

नेकपा विभाजित भएपछि नेकपा एमालेले तीन वटा मुख्यमन्त्री गुमाइ सकेको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्री गुमाएको एमालेले प्रदेश १ को सरकार पनि गुमाउने प्राय निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.