चिल्ड्रेन अस्पतालको बालबालिका लक्षित निःशुल्क स्वास्थ्य शिविर

A notice in Nepali from Mechinagar Ward No. 10

४ बैशाख, विर्तामोड : झापाको विर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले आगामी बैशाख ७ गतेदेखि दुईहप्तासम्म बालबालिका लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

विभिन्न समुदायका अभिभावकहरूलाई बाल स्वास्थ्यको महत्व बुझाउँदैं उनीहरूको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्धेशयसहित झण्डै चारवर्ष अघिदेखि सञ्चालनमा आएको उक्त अस्पतालले गुणस्तरयि सेवा प्रदान गरिरहेको छ ।

विर्तामोड आसपास क्षेत्रका बालबालिकाहरूमा हुने स्वास्थ्य सम्बन्धि जटिलताहरूलाई चाडै पहिचान गरेर उचित उपचार गराउने उद्धेश्यसहित शिविर आयोजना गर्न लागेको अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई एक पटक स्वास्थ्य परीक्षणका लागि ल्याएर शिविरको फाइदा लिन अस्पतालले आग्रह समेत गरेको छ ।

बालबालिकाको समग्र स्वास्थ्य परिक्षण तथा उपचार सेवालाई सहज पहुँचमा ल्याउने उद्धेश्यले बैशाख २१ गतेसम्म शिविर सञ्चालन हुने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाईएको छ ।
बालबालिकाको मात्र स्वास्थ्य परीक्षण हुने शिविरमा अस्पतालका प्रवन्ध निर्देशक एवम् नवजात तथा बालरोग विशेषज्ञ डाक्टर रूपक आचार्यसहितको चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर सुजता मैनाली आचार्यले जानकारी दिईन् ।

शिविरमा ओपिडी सेवा निःशुल्क, ल्याबसहित अन्य परीक्षणमा २० प्रतिशत छुटको व्यवस्था, विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा जुनसुकै बेलामा पनि २० प्रतिशत छुट दिने, स्थानीय तह तथा संघ संस्थाको समन्वयमा जुनसुकै स्थानमा पनि स्वास्थ्य शिविर गरिने तथा शिविर अवधिभर ओैषधिमा पनि विशेष छुटको व्यवस्था गरिने प्रमुख कार्यकारी अधिकृत डाक्टर आचार्यले बताईन् । शिविरले आर्थिक अभावले गर्दा उपचारबाट बञ्चित बालबालिकाहरूलाई राहत मिल्ने अस्पतालले विश्वास लिईएको छ ।

बालबालिकाको स्वास्थ्य प्रति अस्पताल जहिले पनि सजग रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लीला मैनालीले बताईन् । दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेशयले सथानीयक्षेत्रमा बाल अस्पताल सञ्चालन गरिएको अस्पतालका अध्यक्ष लीला मैनालीले बताईन् । निकट भविष्यमा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने तथा झापाली सञ्चारकर्मीका बालबालिकामा समस्या भएर अस्पताल भर्ना भएर उपचार गराए सबै खर्चमा २० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताईयो ।

अस्पतालले हाल अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसीजी समेतको व्यवस्थासहित २४ सै घण्टा सेवा प्रवाह गर्दैं विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहित सेवा प्रवाह गरिरहेको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर रूपक आचार्यले जानकारी दिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ९९ दशमलव ९ प्रतिशत बिरामीको सफल उपचार पछि निको बनाएर पठाएको डा.आचार्यको भनाई छ । यसकारण पनि बिर्तामोड चिल्ड्रेन अस्पतालको सेवा गुणस्तरीय रहेको उनको दावी छ ।

अस्पतालमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु परेको अस्पतालले जनाएको छ । अस्पतालले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताए । अस्पतालले नयाँ वर्ष २०८३ सालको अवसरमा विशेष शुभकामना आदान प्रदान समेत गरेको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर सुजता मैनाली आचार्य, सल्लाहकार सदस्य मदनगोपाल सुब्बाले पत्रकारहरूको जिज्ञाशाको जवाफ दिएका थिए । पत्रकार सम्मेलनको सहजिकरण अस्पतालका नर्सिङ इञ्चार्ज गोमा सिटौलाले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.