१ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मेचीनगर नगरपालिकाबिच समझदारी—पत्रमा हस्ताक्षर

A notice in Nepali from Mechinagar Ward No. 10
  1. २० भदौ, विराटनगर : सुरक्षित आवास भवन तथा बस्ती विकासका लागि राष्ट्रिय भवन संहिता कार्यन्वयन गर्न १ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मेचीनगर नगरपालिकाबिच सोमबार समझदारी—पत्रमा हस्ताक्षर भएको छ । सोमबार विराटनगरस्थित विग होटलमा आयोजित समझदारी—पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

समझदारी पत्रमा प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र स्थानीय सरकार मेचीनगर नगरपालिकाको भूमिका स्पष्टसँग लेखिएको छ । स्थानीय सरकार मेचीनगर नगरपालिकाकातर्फबाट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले समझदारी—पत्रमा हस्ताक्षर गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नगरपालिकाकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमनाथ भण्डारी र पूर्वाधार शाखा प्रमुख एवम् प्रमुख इञ्जिनियर कमलप्रसाद कोइराला साक्षीका रुपमा हुनुहुन्छ ।

प्रदेश सरकार, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकातर्फबाट सचिव अशोककुमार साहले समझदारी—पत्रमा हस्ताक्षर गर्नुभएको छ भने आवास तथा शहरी विकास महाशाखा प्रमुख मिलन आचार्य साक्षीकारुपमा हुनुहुन्छ ।

१ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश सहयोग कार्यक्रमको सहयोगमा राष्ट्रिय भवन संहिता कार्यन्वयनमा प्रदेश सरकार स्थानीय सरकारबिच सहकार्य गर्नका लागि समझदारी—पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको उपप्रमुखको सचिवालयले जनाएको छ । प्रदेश सरकारकोतर्फबाट यस समझदारीलाई कार्यन्वयन गर्न प्रदेश सहयोग कार्यक्रमले आवश्यक सहयोग र सहजीकरण गर्ने बताइएको छ ।

सुरक्षित आवास भवन तथा बस्ती विकासका लागि प्राविधिक जनशक्तिहरुको क्षमता विकास गर्ने, सुरक्षित आवास भवन तथा बस्ती विकासका लागि राष्ट्रिय भवन संहिता कार्यन्वयन गर्न संघिय तथा प्रदेश सरकारको कानुन नीति तथा मार्गदशृन अनुरुप आवश्यक स्थानीय मापदण्ड, संहिता, नीति तथा कानून तर्जुमा गरि पूर्णरुपमा कार्यान्वयन गर्नेलगायत भूमिका स्थानीय सरकार मेचीनगर नगरपालिकाको रहने समझदारी—पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.