झापाका यी दुई पालिकामा बेरुजु न्यून

A notice in Nepali from Mechinagar Ward No. 10

७ भदौ, काठमाडौं : आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७/०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात रु. ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो ।

नगरपालिकाको लेखा शाखामा चालु आवमा निर्माण सम्पन्न भएका योजनाका ठेकेदार र निर्माण उपभोक्ता समितिका पदाधिकारले आवश्यक कागजात समयमै नल्याएका कारण केही रकम बेरुजु देखिएको प्रमुख लेखा अधिकृत प्रकाश योङहाङले बताए ।

त्यसैगरी, मुलुकका ७५३ पालिकामध्ये कमल गाउँपालिकाको ०.०८ प्रतिशत मात्र बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु गर्ने मुलुक भरकै १० पालिकामध्ये कमल गाँउपालिका चौथो नम्बरमा परेको छ । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बढी देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । कचनकवलको कूल लेखा परीक्षण रकम रु एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६.०६ प्रतिशत रकम अर्थात रु सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको छ । गौरीगञ्ज गाउँपालिकाको बेरुजु रकम रु एक करोड १५ लाख ६ हजार बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल रकम रु.९९ करोड ४३ लाख एक हजारको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

यसैगरी, मेची नगरपालिकाको बेरूजु प्रतिशत २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कनकाईको १.३४ प्रतिशत, अर्जुनधाराको २.९० प्रतिशत, गौरादहको १.४६ प्रतिशत, झापाको ०.६० प्रतिशत, हल्दीबारीको २.५९ प्रतिशत, बाह्रदशीको १.६६ प्रतिशत, बुद्धशान्तिको २.२० प्रतिशत रहेको छ ।

महालेखाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानूनबमोजिम प्रक्रिया नपु¥याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई बेरुजु देखाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.