१८ साउन, दमक : नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दार्चुलाका ३२ वर्षिय युवा जयसिंह धामीकाे न्याय माग्दै अमानवीय हत्याको विरूद्व विरोध प्रदर्शन गरेको छ ।
भारतीय सुरक्षा फाैज (एसएसबी) ले तुइन मार्फत महाकाली नदि तर्ने क्रममा तुइनकाे डोरी काटिदिएपछि धामी नदिमा खसेर बेपत्ता भएका थिए ।
भारतीय एसएसबीले नेपाली युवा जयसिंह धामीकाे अमानवीय हत्या गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले साउन १६ गते र आज १८ गते देशव्यापी विरोध प्रदर्शनकाे घोषणा गरेको थियोे ।
सोही अनुरूप १६ गते शनिबार पार्टीले सिमानाका काकडभिट्टामा वृहत् विरोध प्रदर्शन गरेको थियो भने आज दमकमा गरेको हो । दमकमा भएको उक्त विरोध र्यालीमा पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंह पाैडेल, जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव संजय राई लगायतका जिल्ला नेता तथा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।

उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले सञ्चालन गरेका थिएभने सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा भारतीय एसएसबीले अमानवीय तरिकाले हत्या गरिएका जयसिंहलाई सहिद घोषणा गर्न माग गरेका छन्,। आफुहरूले देश र जनताको हितका लागि कुरा उठाउँदै गर्दा , जनताको जिबन रक्षाका निमित्त आवाज उठाउँदै गर्दै , साम्राज्यवादीहरूकाे विरोध गर्दैगर्दा सत्ता सञ्चालक दलालहरूले प्रतिबन्ध समेत लगाएको स्मरण गर्दै बैज्ञानिक समाजवाद प्राप्तिका निमित्त कटिबद्ध भएर लड्ने उद्घोष गरेका थिए ।
त्यस्तै कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले जयसिंह धामिकाे हत्याको सत्यतथ्य छानबिन गरी हत्यारा एसएसबीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाल र नेपालीमाथि पटकपटक भारतीयहरू हस्तक्षेप हुँदासमेत भारत र अमेरिकी साम्राज्यवादका दलाल नेताहरूले चुँइक्क नबोलि बसेको बताए । यो सत्ता र यसका सञ्चालक आफ्नो ढंगबाट नभएर विदेशी दलालहरूकाे इशारामा चलिरहेको बताउँदै यो संसदीय व्यवस्था पुर्ण रूपमा असफल भएको जिकिर गरे।

हिजो विदेशीकाे इशारामा चलेको दलाल सरकारकाे संरक्षण गर्दै सडकमा प्रदर्शन गर्ने र केपी ओली “आइ लभ यु” भन्ने एमालेका कार्यकर्ताहरू आज आफ्नो देशकाे नागरिकको अमानवीय हत्या हुँदा कहाँ गए भन्दै उनले यो सत्ताकाे एकमात्र विकल्प बैज्ञानिक समाजवाद रहेको बताएका छन्,।
नेता लिम्बूले हिजो सुकुम्बासी जनताको भाेटबाट जनप्रतिनिधि बनेकाहरू नै आज सुकुम्बासी बस्तिमा डोजर चलाउन लागिपरेकाे , गरिब ,मजदुरहरू माथि शोषण गरेको र दलालहरूकाे विरूद्व अब मजदुर सुकुम्बासीले विद्रोह गर्नुपर्ने र त्यसको नेतृत्व पार्टीले गर्ने बताएका छन्,।
























