काँकरभिट्टामा सुरु भयो विद्यालय स्तरीय “नाट्य उत्सव”

A notice in Nepali from Mechinagar Ward No. 10

१४ फागुन, काँकरभिट्टा : काँकरभिट्टामा विद्यालय स्तरीय नाट्य उत्सव सुरु भएको छ । परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” मेची सामुदायिक भवनमा रहेको रंगमञ्चमा सुरु भएको हो ।

नाट्य उत्सवको सुरुमा काँकरभिट्टा माविका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन गरिएको छ । ‘चेतना’ नाम दिइएको उक्त नाटक विद्यालयका ८ जना विद्यार्थीले प्रस्तुत गरेका थिए ।

वर्तामान समाजमा ठुलो समस्याको रुपमा देखिइरहेको लागुऔषधको दुव्र्यसनीले भविष्यमा पार्ने प्रभाव र बाल विवाहले निम्त्याउने विपत्तीलाई विद्यार्थीहरुले नाटक मार्फत प्रस्तुत गरेका थिए । विद्यार्थी आफैँले तयार पारेको उक्त नाटकले साँच्चै वर्तामान समाजको समस्या प्रस्ट्याएको थियो ।

नाटक मञ्चनपछि विद्यार्थीहरुले पहिलोपटक नाटकमा सहभागी बनेको प्रतिक्रिया दिए । ‘अहिलेसम्म यसरी नाटकमा सहभागी भएका थिएनौँ, यो हाम्रो पहिलो प्रयास हो, सानैदेखि नाटकमा सहभागी बन्ने सपना थियो, आज पुरा भयो ।’ नाटकमा सहभागी काँकरभिट्टा माविका विद्यार्थी विवश दाहालले भने ।

आइतबारबाट सुरु भएको उत्सव मंगलबारसम्म सञ्चालन हुनेछ । नाट्य उत्सवमा नगर क्षेत्रका निज ी तथा सामुदायिक गरि १० विद्यालयका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.