मेचीनगरमा ‘लैङ्गिक समानता सम्बन्धी’ तीन दिवसीय प्रशिक्षण सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२२ चैत, मेचीनगर : झापाको मेचीनगरमा दिगो विकास लक्ष्य— ५ ‘लैङ्गिक समानता सम्बन्धी’ तीन दिवसीय प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।

महिला जनचेतना केन्द्र मेचीनगरले स्थानीय होटल कञ्चनमा आयोजना गरेको प्रशिक्षणमा सहभागी मेचीनगरका १५ वटै वडाका महिला जनप्रतिनिधि र नगरभित्रका किशोरीसहित विभिन्न संघ संस्थाका महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, मेची उद्योगा वाणिज्य संघका महिला उपाध्क्ष बीना तामाङ, सहजकर्ता महिला अधिकारकर्मी रीता साहा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो आयोजक संस्थाका अध्यक्ष भुवन सुब्बा खरेल, संस्थापक अध्यक्ष राधा प्रधान कार्कीलगयातले सहभागिताको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष भुवन सुब्बा खरेलको सभापत्विमा भएको समापन समारोहमा बोल्दैं वक्ताहरुले लैङ्गिक समानताका बारेमा बोल्नुभएको थियो । आफूले आफैलाई कमजोर ठाने असमानता हुने हुँदा लिङ्गकै आधारमा कसैले कसैलाई कमजोर ठान्न नहुने सहभागी वक्ताहरुको भनाई थियो । लैंगिक समानता भन्नाले पुरुष र नारीलाई अवसर, जिम्मेवारी,अधिकार, सेवा, लाभ,स्रोत–साधन आदिमा समन अवसर पहुँच र नियन्त्रण कायम राख्नु भएको सहभागीको भनाई थियो ।

संस्थाकी सचिव सीता गुरुङ्गले सञ्चालन गरेको कार्यक्रममा सहभागीकातर्फबाट सुजाता पनेरु, मीना गजमेर, रुपा गुरुङले बोल्नुभएको थियो । प्रशिक्षणमा मेचीनगरका १५ वटा वडाबाट एक/एकजना महिला जनप्रतिनिधि, किशोरी तथा विभिन्न संघ संस्थाका गरी करिव ४० जना सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.