१६ माघ, मेचीनगर : नेपाल स्काउट मेचीनगरकाे तेस्राे नगर स्काउट क्याम्प २०८१ सुरु भएको छ । २ रात ३ दिन सम्म चल्ने यस क्याम्पकाे समुदघाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गाेपालचन्द्र बुडाथाेकीले गर्नु भयाे । कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भूवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण वस्नेत, काेशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा शाखा प्रमुख उपसचिव हाेमनाथ भण्डारी, शहिद दशरथ मा.वि.का प्रधानाध्यापक केशव पाैडेल, नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ, आयाेजना स्थल उपलब्ध गराउने विद्यालय हिमालयन इङ्गलिस एकाडेमीका प्रधानाध्यापक जगतबहादुर तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुरलामा, सशस्त्र प्रहरी बल गुल्म काँकरभिट्टाका प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक यमनाथ उप्रेती, सहायक राष्ट्रिय प्रशिक्षकहरु मीनाकुमारी कटुवाल, गंगाराम राई, भगिरथ राई, खड्ग पंधाक सुब्बा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम्मत क्षेत्री लगायत अन्य विद्यालयका प्रधानाध्यापक तथा अतिथिहरुकाे उपस्थिति रहेको थियाे । माघ १६ बाट १८ चल्ने यस क्याम्पमा नगरका १९ वटा विद्यालयका करिव ६०० जना स्काउट एवम् स्काउटरहरुकाे सहभागिता रहेकाे नेपाल स्काउट मेचीनगरका आयुक्त रीता थापाले बताउनु भयाे । ३ दिन सम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा साहसिक क्रियाकलापमा स्काउटहरुले सहभागिता जनाउने स्थानीय सदस्यता वृद्धि आयुक्त सुवास खत्रीले जानकारी दिनुभयाे ।
स्थानीय प्रमुख आयुक्त रीता थापाको अध्यक्षता भएको कार्यक्रममा स्थानीय परिषद् सदस्य दिपक बागदासले कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्नु भएको थियाे भने स्वागत स्थानीय समिति सुशासन एवम् वीत्त आयुक्त भारती निराैलाले गर्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन स्थानीय परिषद् सदस्य दुर्गाबहादुर लुइटेलले गर्नुभएको थियाे ।
























