११ जेठ मेचीनगर : नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी झापाको मेचीनगरमा कमजोर देखिएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय पालिकाको निर्वाचनमा नगरको उपप्रमुखमा उम्मेद्वारी दिनुभएकी पार्टीको केन्द्रीय सदस्य एवम् झापा जिल्ला सह—इञ्चार्ज शारदा शर्मा घिमिरेले साढे चारसय मत समेत कटाउन सक्नुभएन।
मेचीनगरमा ६३ हजार ३ सय ३९ मत खसेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपप्रमुख पदमा उम्मेद्वार बन्नु भएकी सविना बजागाईँ कट्टेलले ९ हजार ८ सय ८० मत प्राप्त गर्दा घिमिरेले साढे चारसय मत पनि कटाउन सक्नुभएन। घिमिरेको गृह वडा वडानम्बर १० मा कट्टेलले १ हजार २ सय ३७ मत प्राप्त गर्दा घिमिरेले भने १ सय २ मतमा चित्त बुझाउनु पर्यो । १५ वटा वडा रहेको मेचीनगरमा सवैभन्दा बढी आफ्नै वडाबाट उहाँले मत प्राप्त गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट वडानम्बर ७ मा वडाअध्यक्ष बनेका पार्टीका उम्मेद्वारले ७२ मत प्राप्त गरे । सोही वडामा महिला सदस्यका उम्मेद्वारले १ सय १५ मत प्राप्त गरेका थिए ।
नगरमा मंगेल नेशनल अर्गनाइसेजनका उम्मेद्वारले भन्दा पनि भन्दा पनि नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वारले कम मत प्राप्त गरेका कारण नेकपा एकीकृत समाजवादी पार्टी बलियो नदेखिएको हो । मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेद्वारले २ हजार २४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदमा नौजना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि सबैभन्दा कम लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वारले १ सय ९४ मत प्राप्त गर्नुभएको छ । यसै गरी स्वतन्त्र उम्मेद्वार डिल्लीराम घिमिरेले १ हजार १ सय ९९ मत मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ । किबोर्डहितको कम्प्यूटरका उम्मेद्वारले २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार मीना पोखरेल उप्रेती २१ हजार ५ सय ९० मत प्राप्त गदैं आगामी पाँचवर्षे कार्यकालका लागि विजयी हुनुभएको छ भने, उहाँका प्रतिस्पर्धी गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
























