मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१० असार, मेचीनगर : नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरद्वारा नेपाल स्काउटको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ६ दिन ५ रातको आवासीय स्काउट आधारभूत तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा नेपाल स्काउट मेचीनगर समितिले अरुणोदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले गर्नुभएको थियो ।

तालिम प्राप्त गरिसकेपछि सहभागी शिक्षकहरुले आ—आफ्नो विद्यालयमा गएर स्काउट दल सञ्चालन गर्न सक्षम हुन भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको सहायक राष्ट्रिय प्रशिक्षक एवम् तालिमका पुरुष तर्फको कोर्ष लिडर भगिरथ राईले जानकारी दिनुभयो ।

नगर स्तरीय तालिम भनिए पनि मेचीनगरसहित रुपन्देही र नवलपरासी जिल्लाबाट समेत तालिममा सहभागी छन् । ३० पुरुष र २४ महिला सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु शिवकुमार पौड्याल, भुवन सुब्बा, गंगाराम राई, अरुण वस्नेत, शिवानी देवान, शिवप्रसाद पौंडेल, गगनलाल राजभण्डारी लगायतले सो तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गर्नुहुने छ ।

तालिमका कोर्ष लिडरहरुमा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्की र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई हुनुहुन्छ । नेपाल स्काउट, स्थानीय स्काउट मेचीनगर संयोजक रीता थापााको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष तामाङ्ले स्काउटको संगठनात्मक विकासको लागि मेचीनगर नगरपालिका तथा वडा कार्यालयको तर्फबाट यथेष्ठ सहयोग रहिरहने प्रतिवद्धता जनाउनुभयो । उहाँले तालिममा सहभागी हुन भएका सम्पूर्ण विद्यालयका प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिदैं नगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने प्रतिबद्धता जनाउनुभयो ।

स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट आधारभूत तालिम आवश्यक रहेको नेपाल स्काउट प्रदेश १ का संयोजक रवी खनालले वताउनु भयो । वहाँले नेपाल स्काउटको वर्तमान संरचनाको वारेमा पनि प्रकाश पार्नु भएको थियो ।

आधारभूत स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मेचीनगर स्काउटले तालिमको आयोजना गरेको कार्यक्रमका विशिष्ट अतिथि एवम् मेचीनगर शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीकोे भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् सहायक राष्ट्रिय प्रशिक्षक शिवकुमार पौंडेलले स्काउट मुभमेन्टको बारेमा प्रकाश पार्नु भएको थियो ।
नेपाल स्काउट झापाका पूर्व जिल्ला आयुक्त एवम् राष्ट्रिय प्रशिक्षक भुवन सुब्बाले स्वागत गर्नुभएको कार्यक्रम मेचीनगर स्थानीय स्काउटका संयोजक रीता थापाको सभापतित्वमा सम्पन्न भएको थियो । तालिमको औचित्यमाथि प्रकाश सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कटुवाल कार्कीले पार्नुभएको थियो भने कार्यक्रम स्काउटर दुर्गाबहादुर लुइटेलले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य अन्जु थापा, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, काँकरभिट्टा खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष राजकुमार पराजुली, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दिपक पोखरेल, नेपाल स्काउट, प्रदेश नं. १ का कार्यलय प्रमुख नवराज घिमिरे, रेडियो साथीका प्रतिनिधि विनोद राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.