मेचीनगर लेडी जेसीजको वक्तित्वकला प्रतियोगिता सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन,  मेचीनगर : १ सय १३ औ नारी दिवसको पुर्व सन्ध्यामा आज सोमबार मेचीनगर लेडी जेसीजको आयोजनामा मेचीनगर स्तरीय अन्तनर मा.वि क्षात्रा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । “ महिला प्रति विभेदरहित व्यवहार : उन्नतशिल समाजको आधार ” विषयक वक्तित्वकला प्रतियोगितामा मेचीनगरका ५ वटा विद्यालयहरुका क्षात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा होलीवेल ईङ्ग्लीस स्कुल धुलाबारीकी क्षात्रा सगुन तोलांगीले प्रथम स्थान हाशिल गर्नुभएको छ भने कविशिरोमणि मा.वि की उषा निरौलाले दोस्रो र धुलाबारी मा.वी की क्षत्रा दिक्षा प्याकुरेलले तेस्रो स्थान हाशिल गर्नुभएको छ । त्यस्तै चौथो ईस्ट होराईजन ईंग्लीस हाई स्कुलकी अर्पना पौडेल र पाचौ स्थान दसरथचन्द माविले हाशिल गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । मेचीनगर लेडी जेसिजकी अध्यक्ष रश्मि थापाको सभापतित्व तथा मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आश्था वाचन लेडि जेसिजकी उपाध्यक्ष शान्ति पराजुलीले गर्नुभएको थियो । कार्यक्रम संयोजक तथा लेडी जेसिजकी कार्यकारीणी उपाध्यक्ष पवित्रा विमली प्रसाइले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन माहासचिव सविता पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.