दुवै मृगौला पीडतको गुहार…… झापा मेचीनगरका मानबहादुर सुबेदी भन्नुहुन्छ —‘म बाँच्न चाहान्छु’

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर, मेचीनगर : दुवै मृगौला बिग्रिएपछि थला परेका झापा मेचीनगर— ६ काँकरभिट्टाका ४० वर्षीय मानबहादुर सुबेदीलाई उपचारमा समस्या भएको छ । पारिवारिक श्रोतले उपचारका लागि आर्थिक सहायताको याचना गरेका छन् ।
चारमहिना अघि दुवै मृगौला बिग्रिएपछि काठमाणडौ, विराटनगरमा उपचार गराईरहनु भएको थियो । अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरारहनु भएका सुबेदीलाई थप उपचारका लागि आर्थिक समस्या भएको हो ।

चार महिना अघि उपचारको क्रममा मृगौला बिग्रिएको थाहा पाए पछि नियमित उपचार गराउँदै आउनु भएका सुबेदीले आफ्नो उपचारमा सहयोग गरिदिन सबैमा आग्रह गर्नुभएको छ । शनिबार प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरी सुबेदी परिवारले उहाँको जीवन रक्षाका लागि सबैमा अपिल गरेको छ ।

हिडडुल र उभिनसम्म नसक्ने उहाँको उपचार गर्दा गर्दै भएको लाखौ रुपैयाँ सकिएको अहिले उपचारका लागि सुको पैसा नभएको उहाँकी श्रीमती बबिताले बताउनुभयो । अहिलेसम्म उपचारका लागि दशदेखि एघार लाख रुपैँया खर्चभएपनि थप उपचारका लागि पैसा नभएको उहाँको भनाई छ । केही रकम चालक सहचालकहरुले रकम संकलन गरेर अस्पताल पठाएका थिए ।

मेची प्रादेशिक अस्ताल भद्रपुरमा पीडित सुबेदीले हप्तामा २ पटक डाइलासिस गर्दै आउनु भएको छ । १ छोरा र २ छोरी रहेकी सुबेदीको सम्पतिको नाममा ४ धुर जग्गा बाहेक केही छैन् । सुवेदीलाई उहाँका बुबा ललितबहादुर सुवेदीले मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको परिवारले जनाएको छ । तर, अस्पतालमा लाग्ने करीब ३० देखि ३५ लाख रुपैयाँ नहुँदा घरमै पीडा सहेर बस्नुको विकल्प नरहेको पीडित मानबहादुरले गुनासो गर्नुभयो । उक्त रकम २ महिना भित्रमा जुटाउनु पर्ने दायित्व सुवेदी परिवारमा छ ।

लामो समयसम्म सहचालकको रुपमा काम गर्नुभएका पीडित सुबेदीले पछिल्लो समय सवारी चालकको रुपमा काम गदैं परिवार चलाउँदै आउनुभएको थियो । घरको कमाउने मान्छे बिरामले थला परेर पछि घरको गर्जाे टार्न समेत समस्या परिरहेको श्रीमती बबिताको पीडा छ । ‘आर्थिक अवस्था निक्कै कमजोर छ, जे जति रकम थियो सबै उहाँकै उपचारमा सकियो ’ बबिताले भन्नुभयो— ‘सम्पतिको नाममा ४ धुर जग्गा छ त्यो पनि बेचौँ भने आकाशमुनिको बास होला श्रीमान् थला परेसँगै परिवार गम्भीर संकटमा छ, सबैले सकेको सहयोग गरिदिनु होस् मेरो श्रीमान् बाँच्न चाहानुहुन्छ ।’

पत्रकार सम्मेलनमा दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका आफ्ना श्रीमानको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन समेत बबिताले सार्वजनिक अपिल गर्नुभएको छ । उहाँलाई आर्थिक सहयोग गर्न चाहने देश विदेशमा रहेका सबै सहयोगीहरुमा मानबहादुर सुवेदीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२०८७०१ मा रकम जम्मा गरिदिन परिवारले सबैमा सार्वजनिक अपिल गरेको छ । परिवारको तर्फबाट मानबहादुर बचाउ अभियान सञ्चालन गर्दै आर्थिक संकलन गर्न आर्थिक सहयोग संकलन समिति बनाउने तयारी गरेको र सोको लागि सहयोग गरिदिनसमेत सामाजिक अभियन्ता तथा सहयोगीहरुमा सुबेदी परिवारले अनुरोध गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.