Estimated Reading Time: १ min • Total Words: ९१
१० जेठ, मेचीनगर : मेचीनगर–७ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
मंगलबार बहिान ६ बजे दिएको जानकारी अनुसार वडा नम्बर ७ को ६०६५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार प्रलाहादमणी ओलीले १८०९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका राजकुमार राजवंशीलाई ३२ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । राजवंशीले १७७७ मत प्राप्त गरेका छन् ।
यता महिला वडा सदस्यमा एमालेकी मीनमाया लिम्बु सुब्बाले १८५१, दलित महिला सदस्य शान्तादेवी दर्जीले १९०४, खुल्ला सदस्य अर्जुनकुमार कार्कीले १७३० र अर्का खुल्ला वडा सदस्य पुनलाल राजवंशीले १९४८ मत ल्याएर विजयी भएका छन् ।




















