३ जेठ, मेचीनगर : मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
समाचार स्रोतका अनुसार वडानम्बर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी हुनुभएको हो । यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न बाँकी छ । उहाँहरुले प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा पनि त्यो वडामा एकजना सदस्य बाहेक अन्य पदाधिकारी सबै पदाधिकारी नेकपा एमालेकै उम्मेद्वार विजयी भएका थिए । वडाले विजयी र्यालीको तयारी गरीरहेको एमाले नेता मञ्जिल मानवले जानकारी दिनुभयो ।
























