नेल्टा कोशी प्रदेश को नयाँ नेतृत्व चयन: अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

अंग्रेजी शिक्षकहरूको संस्था नेपाल ईंग्लिश ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा कोशी प्रदेश को शनिबार सुनसरी जिल्लाको इटहरीमा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व निर्वाचित गरेको छ।
नवनिर्वाचित समितिको अध्यक्षमा गुणराज नेपाल मोरङ, वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई झापा, उपाध्यक्ष चेतनाथ निरौला सुनसरी, महासचिव रबिन बराल सुनसरी, सचिव शंकर देवान मोरङ, सदस्य सचिव गोबिन्द पुरी सुनसरी र कोषाध्यक्ष कमलराज दाहाल रहेका छन्। यसैगरी सदस्यहरुमा राजेन्द्र बराल , पदम सेन ,टिका सुबेदी, कृष्ण कुमार खत्री, डा ओम प्रकाश सिंह, नारायण सुवेदी, रुद्र दाहाल लगायत रहेका छन्।
नेल्टा कि केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष हेमन्त राज दाहाल, रेलो अफिसर रोजर कोहेन , रेलो स्पेसलिस्ट बिश्व राज गौतम , गोबिन्द पुरी र उषाकिरण वाग्ले ले आ-आफ्नो पेपर प्रस्तुत गरेका थिए।
नेल्टा का कोशी प्रदेश अध्यक्ष नर प्रसाद भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश शिक्षा निर्देशक कृष्ण प्रसाद पोखरेल ले शिक्षा क्षेत्रमा नेल्टा ले पुर्याएको योगदान को चर्चा गर्दै मन्त्रालय सहकार्य गर्दै अगाडि बढ्ने बताए।
कोशी प्रदेशका ७ वटा जिल्ला का करिब चार सय अंग्रेजी शिक्षक सहभागी भएको उक्त कार्यक्रम इटहरी स्थित सुष्मा कलेज मा भएको थियो भने नेल्टा मोरङ का अध्यक्ष गुणराज नेपाल ले स्वागत र महासचिव चेतनाथ निरौलाले संचालन गरेका थिए। सोही अवसरमा कोशी प्रदेशको पहिलो नेल्टा जर्नल को लोकार्पण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.