अबको राजनीति वामपन्थी र गैर-वामपन्थी दुई ध्रुवमा बाँडिन सक्छ: विश्वप्रकाश शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

१६ पौंष, भद्रपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको नेपाली राजनीति वामपन्थी र गैरवामपन्थी दुई ध्रुवमा बाँडिन सक्ने आशंका गरेका छन्।

उनले गठबन्धन टुटिसकेपछि अब दुई ध्रुवमा ध्रुवीकरण हुनसक्ने बताए।

उनले वर्तमान राजनीतिक घटनाक्रमले कांग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताए।

भद्रपुर-१० स्थित चन्द्रगढीमा आयोजित बिपी स्मृति प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था संगठन शुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका साथ संगठन निर्माणका लागि अवसर भएको बताएका हुन्।

शर्माले सरकारमा नगएपनि राष्ट्रको उन्नतिका लागि काम गर्न कसैले रोक्न नसक्ने भन्दै स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको उन्नतिका लागि निरन्तर काम गर्न सकिने प्रष्ट पारे।

महामन्त्री शर्माले कांग्रेस रूपान्तरणको चरणमा रहेको भन्दै नेतृत्वले विगतका गल्ती अब नदोहोर्याउने वातावरण बनाएर गतिशील कांग्रेसका लागि निरन्तर लागिरहने संकल्प समेत गरे।

सत्ता स्वार्थमा राजनीति अल्झिँदा राष्ट्रियता कमजोर हुँदै गएको स्मरण गर्दै शर्माले सबै दल राष्ट्रहितका लागि राष्ट्रियताको सवालमा एक हुनुपर्ने समेत प्रष्ट पारे।

उनले देश भए नागरिक हुन पाइने भन्दै छिमेकी नीतिमा समान धारणा लिएर अगाडि बढ्ने हो भने आन्तरिक राजनीतिमा विदेशी चलखेल नहुने समेत स्पष्ट पारे। उनले दुई शक्तिशाली छिमेकी देशसित समान व्यवहार गर्नसके नेपालको आर्थिक उन्नतिमा फाइदा लिन सकिने भन्दै भू–राजनीतिलाई सही परिचालनको वातावरण आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौलाले कांग्रेसको राजनीतिलाई गतिशील बनाउन युवा पुस्ताले हस्तक्षेप गर्न नसकेको भन्दै पुरानो पुस्तालाई सम्मानले विदा गर्दै नयाँ पुस्ताले नेतृत्व खोस्नु पर्ने अवस्था आएको बताए।

यस्तै कार्यक्रममा नेपाली का‌ंग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, सुशिला ढकाल, जिल्ला सभापति देउमान थेबे, क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व जिल्ला उपसभापति रामबहादुर कट्टेल, प्रजातान्त्रिक प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेललगायतले मन्तव्य राख्दै यथास्थितिमा कांग्रेस चल्न नसक्ने भन्दै दुई महामन्त्रीको काँधमा कांग्रेस रूपान्तरणको अभिभारा आएकोले इमान्दारिताका साथ पूरा गर्न आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.