१० जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नेता गोपालचन्द्र बुडाथोकी निर्वाचित भएका छन् । बुडाथोकी प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नगरप्रमुखको उम्मेद्वार बनेका थिए ।
प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । इन्द्रबहादुर बुढाथोकी नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीसँग पराजित भएका हुन् । उनले २१ हजार ३११ मत ल्याउँदा एमाले उम्मेदवारले २६ हजार ४७८ मत प्राप्त गरे ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।
नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि महामन्त्री शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको थियो । यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे।
नगरका १५ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा काँग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ । जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । महामन्त्री शर्मा गृहनगर वडामा पनि काँग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको मेचीनगर ९ को अध्यक्षमा एमालेका कञ्चन कुमार तामाङ विजयी भएका छन् । उनले काँग्रेसका टेकेन्द्र वानियालाई पराजित गरेका थिए ।
वडा नम्बर १ मा नेकपा एमालेका रामकुमार राईले १५१४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका हेमलाल गुरागाईंले १४७६ मत प्राप्त गरेका छन् ।
वडा नम्बर २ मा नेकपा एमालेका दिपक बराल १०७१ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका गोपीकृष्ण रिजालले ९९३ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ३ मा नेकपा एमालेका हर्कबहादुर वस्नेत १४५३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका सन्तोष दाहालले १३८६ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ४ मा नेकपा एमालेका अर्जुनकुमार कार्कीले १९८५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका निरज घिमिरेले ७३५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ५ मा नेकपा एमालेका कनकबहादुर कार्की १२५७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका योगेन्द्र थापा मगरले १०३४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ६ बाट नेपाली काँग्रेसका ललितबहादुर तामाङ्गले ३९६९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बालकृष्ण थापाले २२२४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ७ बाट नेकपा एमालेका प्रल्लादमणी ओलीले १८०९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका राजकुमार राजवंशीले १७७७ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ८ मा नेपाली काँग्रेसका गिरीराज धमलाले १७६९ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विकेन्द्रकुमार धिमालले १५४८ मत प्राप्त गरेका छन् ।
वडा ९ मा नेकपा एमालेका कञ्चनकुमार तामाङ्गले २७६३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका टेकेन्द्र बानियाले २०७९ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १० बाट नेकपा एमालेका नारायण खनालले २४०५ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी इन्द्रप्रकाश आङ्देम्बेले २२१५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ११ मा नेकपा एमालेका रुद्रप्रसाद डाँगीले १३१३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार तिलकबहादुर न्यौपानेले १०५४ मत प्रापत गरेका छन् ।
वडा नम्बर १२ बाट नेकपा एमालेका मधुसुदुधन निरौलाले १४६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादीका नरेन्द्र धिमाले ११०१ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १३ बाट नेकपा एमालेका कृष्ण सिग्देलले १४१६ मत प्राप्त गरी विजयी भएका छन् भने उनकानिकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका श्रीराम मरासिनीले ११७८ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १४ मा नेकपा माओवादीका बाबुलाल सुब्बा १३८१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका शंकरप्रसाद पोखरेलले १२६४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १५ बाट नेपाली काँग्रेसका गुणराज भट्टराईले १५३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका मुरलीधर कोइराला(शर्मा)ले ११८४ मत प्राप्त गरेका छन् ।




















