५ कार्तिक, विर्तामोड : झापा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी छ ।
अहिलेसम्म ८०० मत गन्दा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ । एमालेका देवराज घिमिरेले ३२४ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका हरि रानामगरले १९८ र भद्रप्रसाद (स्वागत) नेपालले १०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले पनि समान १०० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
























