एमालेले टुंग्यायो झापाका ९ स्थानीय तहका उम्मेदवार, कहाँ को छानिए ?

A notice in Nepali from Mechinagar Ward No. 10

१० वैशाख, झापा : नेकपा एमालेले झापाका ९ स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवार शनिबार टुंगो लगाएको छ।

पहिलो चरणमा ९ स्थानीय तहको उम्मेदवार टुंगो लगाएको र बाँकी ६ पालिकामा आइतबार बिहानसम्म टुंगो लाग्ने नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य एलपी साँवा लिम्बूले जानकारी दिए।

उम्मेदवार टुंगो लागेका स्थानीय तहमा कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, गौरादह नगरपालिका, बिर्तामोड नगरपालिका, शिवसत्ताक्षी नगरपालिका, दमक नगरपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका र अर्जुनधारा नगरपालिका छन्।

बाँकी स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ।

अध्यक्ष केपी ओलीको गृहजिल्ला पनि झापा भएकाले प्रदेश कमिटीका अध्यक्ष र इन्चार्जसँग छुट्टाछुट्टै परामर्श लिँदा सचिवालयको बैठक ढिलो गरी सुरू भएको संघीय सांसदसमेत रहेका प्रदेश कमिटी सचिवालय सदस्य साँवाले बताए।

उनका अनुसार दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिका प्रमुखका लागि महिला उम्मेदवार छानिएका छन्। दमक नगरपालिकाको मेयर पदका लागि गीता अधिकारी र उपमेयरमा अम्बिका खनाल छनौट भएका छन्।

त्यस्तै, बुद्धशान्ति गाउँपालिका अध्यक्षमा मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल छन्।

कन्काई नगरमा भने पुरानै अनुहार उम्मेदवार भएर आउने भएको छ। यसअघि उक्त पालिकामा राजेन्द्रप्रसाद पोख्रेल र मन्जु प्रसाईं प्रमुख र उपप्रमुख थिए।

कुन पालिकामा को उम्मेदवार?

कनकाई नगरपालिका- मेयरमा राजेन्द्रप्रसाद पोख्रेल र उपमेयरमा मञ्जु प्रसाईं

भद्रपुर नगरपालिका- मेयरमा असारू राजवंशी र उपमेयरमा कौशिला अधिकारी

गौरादह नगरपालिका- मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंशी

बिर्तामोड नगरपालिका- मेयरमा पवित्रा महतारा प्रसाईं र नगेन्द्र संग्रौला

शिवसत्ताक्षी नगरपालिका- मेयरमा मेघाहाङ थोप्रा (रोशन) र उपमेयरमा नरमाया कार्की

दमक नगरपालिका- मेयरमा गीता अधिकारी र उपमेयरमा अम्बिका खनाल

अर्जुनधारा नगरपालिका- मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली (इन्दिरा)

बुद्धशान्ति गाउँपालिका- अध्यक्षमा मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल

कमल गाउँपालिका- अध्यक्षमा भीम राई र उपाध्यक्षमा उषा भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.