आज होली पर्व, काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२२ फागुन, काठमाडौँ : फागु पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ।
सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो। सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन्।

यस्तै म‌ंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ। मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ।

​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ।  यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।

फागु पर्व/होलीका अवसरमा सोमबार पहाडी क्षेत्र र मंगलबार तराई–मधेशमा सार्वजनिक बिदा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.