मेचीनगरमा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान शुरु गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २० पुस । झापाको मेचीनगर नगरपालिकामा आगामी शुक्रबारदेखि राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु हुने भएको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको छलफल कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिम्सिनाले यस्तो जानकारी दिनुभएको हो ।

प्रजिअ तिम्सिनाले अभियान सफलताको शुभकामना व्यक्त गदैं अहिले झापाका नौवटा पालिकामा अभियान शुरु गरिएको र ६ वटामा करीव सम्पन्न भइसकेको जानकरी दिनुभयो । अब मेचनगरपालिका, बुद्ध शान्ति  र कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु गर्ने बताउनुभयो । यी तीनवटा पालिकाको कार्य सम्पन्न पश्चात स्टेशनलाई अन्यपालिकामा सार्ने र झापाका १५ वटै पालिकामा राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान सम्पन्न गर्ने बताउनुभयो । यो कार्य यस अघिनै सम्पन्न गर्ने भनिए पनि नोवल कोरोना भाइरस कोभिड १९ का कारण समयमै सम्पन्न गर्न नपाएको उहाँले जानकारी दिनुभयो ।

सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचय पत्रको काम सुरू भएको हो । यसवर्ष थप सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । प्रदेश नं १ झापा र संखुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुने बताइएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र नै राष्ट्रिय परिचय पत्र भएको बताउनुभयो ।
राष्ट्रिय परिचय पत्रले देशलाई समृद्घ, आम नागरिकलाई अनुशासीत र देशमा सुशासन कायम हुने बताउनुभयो । यसलाई यो अभियानमा कोहि पनि छुट्न नहुने उहाँको भनाई छ । नेपाली नागरिकताको प्रमाण पत्र लिइएकाहरुले मात्र यो परिचय पत्र प्राप्त गर्न सक्ने छन् । यो प्राप्त गरेपछि अन्य कुनै पनि कागजातको आवश्यक नपर्ने भएकाले यसलाई चिनाको रुपमा लिनपनि सहायक प्रजिअ पाण्डेले आग्रह गर्नुभयो । उहाँले यो अभियानमा खटि आउने अधिकारीहरुलाई साथ सहयोग दिन समेत नगरपालिकालाई आग्रह गर्नुभयो । राष्ट्रिय परिचयपत्र पाउनका लागि १६ वर्ष उमेर पुरा भएको नेपाली नागरिकताको प्रमाण( पत्र लिएको हुनुपर्ने र परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने उहाँले बताउनुभयो । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ । राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले निम्न प्रयोजनका लागि उपयोग गर्न सक्नेछन् । ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ,मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा र अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित हुने भएकाले राष्ट्रिय परिचय पत्र फाइदा पुग्ने बताउनुभयो ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले कार्यक्रमको सभापतित्व गदैं यो अभियानमा कुनै पनि नगरवासी छुट्न नहुने र हरेक जनप्रतिनिधिहरुले आ आफ्ना वडामा व्यापक प्रचार प्रसार गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । यसमा खटि आउने अधिकारीहरुलाई नगरपालिकाले गर्ने आवश्यक सहयोग उपलब्ध गराउने नगरप्रमुख आचार्यको भनाई छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान सम्पन्न गर्नु हरेक नागरिकको दायित्व भएकाले आवश्यक कागजात उपलब्ध गराएर यो अभियानमा जुटन अनुरोध गर्नुभयो । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको छलफलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान झापाका प्रमुख, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा १५ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यसहित सञ्चारकर्मीको सहभागिता रहेको थियो । राष्ट्रिय परिचयपत्र हराएमा, नासिएमा वा झुत्रो भई काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तोकिए बमोजिम स्थानीय निकायबाट सिफारिस गराई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत विभाग समक्ष निवेदन दिएमा अभिलेख रूजु गरी प्रतिलिपीको रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.