मेचीनगरमा ताेकियाे निम्न खाेप केन्द्र

A notice in Nepali from Mechinagar Ward No. 10

२६ जेठ, मेचीनगर, २०७८ जेठ २६ गते (भोलि) बाट सुरु हुने कोभिड–१९ विरुद्धको खोपको लागि मेचीनगरमा वडागत खोप केन्द्र निर्धारण गरिएको छ ।
मेचीनगरमा रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत १५ वटा वडाका मापदण्ड अनुसारका नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ ।

वडागत खोप केन्द्रहरुमा वडा नम्बर १, २, ३ र ४ का लागि वडा नम्बर ४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकी, वडा नम्बर ५ देखि ८ सम्मका लागि वडा नम्बर ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकी, वडा नम्बर ९ र १० का लागि वडा नम्बर १० स्थित धु्लावारी स्वास्थ्य चौकी भवनबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै वडा नम्बर ११ र १२ का लागि वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकी, वडा नम्बर १३ र १४ का लागि वडा नम्बर १४ स्थित दुवागढी स्वास्थ्य चौकी र वडा नम्बर १५ का लागि वडा नम्बर १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीमार्फत खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

खोप जेठ २६ गते बुधबार र २७ गते बिहीबार विहान १० बजेदेखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले बताएको छ ।

खोप लगाउन आउँदा अनलाइनमार्फत भरिएको अनलाइन फारम दर्ता नम्बर र सक्कल नागरिकता साथमा लिएर आउन नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइदैछ ।

सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको खोप लगाएका नागरिकहरुलाई समेत खोप कार्डको आधारमा खोप लगाइने नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

झापामा १३ हजार डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेचीनगरमा करीब १३ सय डोज खोप प्राप्त भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.