मेचीनगरमा आइपुग्यो अक्सिजन मेसीन

A notice in Nepali from Mechinagar Ward No. 10

४ वैशाख, मेचीनगर : झापाको मेचीनगरमा अक्सिजन प्लान्ट मेसीन आइपुगेको छ । झापाको मेचीनगर— १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लान्टसहित अस्पतालको स्तरोत्तन्नतीका अभियान थालनी गरिएको थियो । सोहि अभियान अनुसार मेसीन आइपुगेको हो । यसअब चाडै जडान हुने र सञ्चालनमा आउने रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीले बताउनुभयो ।

अध्यक्ष बुढाथोकीका अनुसार प्राविधिक कारणले मेसीन आउन केही समय ढिलो भयो । अब जडानको काम धमाधम हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो । मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पु¥याउने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरको सहजिकरण तथा रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाईमा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको संयुक्त पहलमा मेचीनगर–१० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको तयारी गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बिरामी परेकाहरुलाई अत्याधिक आवश्यक पर्ने अक्सिजनको दिगो व्यवस्थापनका लागि अक्सिजन प्लान्ट निर्माणका लागि मेचीनगर नगरपालिका, रोटरी क्लव अफ काँकरभिट्टा, रोटरी क्लव अफ मेचीनगर, मेची उद्योग वाणिज्य संघ र आम्दा मेची अस्पतालबीच २०७७ जेठ १३ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख प्लान्ट निर्माणका लागि रकम उपलब्ध गराउने , मेचीनगर नगरपालिका र रोटरी क्लव काँकरभिट्टाले रोटरी इन्टरनेशनलको तर्फबाट ग्लोबल ग्राण्ड मार्फत प्राप्त हुने करीब ३५ लाख रकमको ब्यवस्थापन गर्ने, आम्दा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने सम्भौतामा उल्लेख छ ।

मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठीले हस्ताक्षर गर्नुभएको थियो ।
८० लाख लागतमा सञ्चालनमा आउने अक्सिजन प्लान्टका लागि स्वीडेनमा निर्माण भएको ५ क्युबिक मिटरका दुई वटा कम्प्रेसर सहितको मेशीन जडान गरिने योजना थियो । अक्सिजन प्लान्टका लागि लाग्ने खर्चको व्यवस्थापन भएपनि अस्पतालको अन्य भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारमा रकम लाग्ने र त्यसका लागि सवैक्षेत्रसँग सहयोगको याचना गरिएको थियो । करीव ७५ लाख मेची उद्योग वाणिज्य संघको अगुवाईमा अन्य सहयोगी दाताहरुबाट संकलन गरिने लक्ष्य लिइएको हुँदा धेरैले सहयोग गरेका थिए ।

धुलाबारीमा अक्सिजन प्लान्ट बन्ने भए पछि स्थानीयबासीहरुले समेत स्वत स्फुर्त रुपमा रकम उपलब्ध गराएका थिए । स्थानीयबासीबाट संकलित रकम करीब ३५ लाख रहेको र उक्त रकम मेची उद्योग वाणिज्य संघको खातामा जम्मा रहेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.