मेचीनगरमा किशोरीहरुलाई आत्मारक्षा तालिम सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२१ चैत्र, मेचीनगर : झापाको मेचीनगर नगरपालिकामा ४५ दिने आत्मारक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिईन् ।

तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सदस्य राईले हाम्रो समाजमा अहिले पनि महिलाहरूलाई कमजोर ठान्ने गरिन्छ । तर,  किशोरी अवस्थादेखिनै आत्मारक्षाको तालिम दिने हो भने महिलाहरू कमजोर नभएको प्रमाणित गर्नेछन् ।

उनले सुरूवात चरणमा मेचीनगरले विद्यालय स्तरमा अध्यायनरत किशोरीहरूलाई सेल्फ डिफेन्स तालिमको व्यवस्था मिलाएकोमा त्यो कार्य प्रशंसनीय रहेको बताइन् ।

कार्यक्रममा बोल्दै मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले डेढ महिने सेल्फ डिफेन्स तालिमले नगरका किशोरीहरूलाई आत्मारक्षामा टेवा पुग्ने बताए । किशोरीहरूको आत्माबल उच्च हुँदा पनि समाजमा धेरै हतसम्म महिला हिंसा कम हुने उनको भनाई थियो ।

त्यस्तै उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न बहानामा महिलाहरू हिंसामा पर्ने गरेको बताउँदै समाजमा त्यस्ता महिला हिंसा अन्त्यका लागि सेल्फ डिफेन्स तालिम प्रभावकारी हुने बताइन् । साथै उनले किशोरीहरू कोमल हुन्छन् तर, कमजोर हुँदैनन् भन्ने बुझाउन पनि यो तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

काँकरभिट्टा फिट्नेस सेन्टर मेचीनगर६ को आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन शत्रमा मेचीनगर कार्यपालिका सदस्य हृदय राजवंशी र चित्र धिमाल, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, शाखा अधिकृतहरु दिपेन्द्र कार्की, राजन भेटवाल, इन्दिरा खरेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगरका विभिन्न सामुदायिक विद्यालयका प्रअ, शिक्षक र विद्याथीहरुको सहभागिता रहेको थियो ।

काँकरभिट्टा फिट्नेस सेन्टरका अध्यक्ष अर्जुन क्षेत्रीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन पत्रकार लक्ष्मी उप्रेतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.