प्रथम मेचीनगर स्तरीय स्काउट क्रियाकलाप क्याम्प सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, मेचीनगर : नेपाल स्काउट मेचीनगरद्वारा आयोजित प्रथम मेचीनगर स्तरीय क्रियाकलाप क्याम्प सम्पन्न भएको छ । आदर्श माध्यमिक विद्यालय इटाभट्टामा आयोजित एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका उपप्रमुख एमम् परिषद् अध्यक्ष मीना पोखरेल उप्रेतीले क्याम्पको समुदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल स्काउट राष्ट्रिय शैक्षिक पद्धति आयुक्त(महिला विभाग) भूवन सुब्बा, विशेष अतिथिहरुमा नेशनल प्याब्सनका केन्द्रीय सदस्य संजिव राई, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, नेशनल प्याब्सन मेचीनगरका उपाध्यक्ष राजेश निरौंला, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, राष्ट्रिय शिक्षक संगठन झापाका सचवि लम्बोदर पौडेल, अतिथिहरुमा प्रदेश परिषद् सदस्य एवम् सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कटुवाल, प्रदेश परिषद् सदस्य एवम् सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई, धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइटेल, स्थानीय परिषद् सदस्य एवम् मेचीजनसाधारण मा.वि.का प्रधानाध्यापक चन्द्रशेखर गुरागाईं, स्थानीय परिषद सदस्य दिपक बगदास, स्थानीय परिषद सदस्य टिकेन्द्र ढकाल, स्थानीय परिषद सदस्य दुर्गाबहादुर लुइटेल लगायतको उपस्थिति रहेको थियो ।

मेचीनगरका १७ वटा विद्यालयका ३६० जना विद्यार्थी शिक्षक सहभागी कार्यक्रममा ४० जना रोभर/रेञ्जरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुन सफल स्काउट दल र स्काउटहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।
आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता नेपाल स्काउट मेचीनगरका अध्यक्ष द्वाराथापाले गर्नुभएको थियो भने कार्य समिति सदस्य भारती निरौलाले सञ्चालन गर्नुभएको थियो ।

फोटो फिचर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.