दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

A notice in Nepali from Mechinagar Ward No. 10
A close-up photograph of a signboard with a logo and text in Nepali script. The signboard reads 'Dasharathchand Municipality 2073' and features a logo with a mountain range and a river. The sign is white with a red border and is attached to a building with metal grills on the windows.

१६ माघ, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका छन् ।

यसैबीच शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दरखालीबाट ¥यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ ।

जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.