काँकरभिट्टा २४ माघ | १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले हरेकक्षेत्रका व्यवसायी र मजदुरबीच समधुर सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । शनिबार झापाको मेचीनगरमा पूर्व मेची बस व्यवसायी प्रा.लि.को दोस्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य मैनालीले व्यवसायी र मजदुरबीच आपसी सहकार्य र सहमति भए जस्तासुकै समस्या समेत समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कम्पनिले निर्णय गर्दा जो सार्वजनिक सवारीका साधन बस छन् ती व्यवसायिक बसलाई ट्रकमा रुपान्तरण गर्ने शुरुमा परिपाटी रहेको भन्दैअब अहिले धराशायी बनेका बसलाई मालवहाक ट्रकमा रुपान्तरण गर्नका लागि ऐनलाई संशोधन गर्न पहल गरेको बताउनुभयो । मालवहाक ट्रक राम्ररी सञ्चालन भएकाले पुराना बसको उचित व्यवस्थापन गर्दै ती बसलाई मालवहाक ट्रकमा रुपान्तरण गर्न कम्पनिलाई लाग्न सुझाव दिनुभयो ।

यसैगरी, अर्का प्रदेशसभा सदस्य गोपालचन्द्र बुडाथोकीले हरेक यातायात व्यवसायीहरुले यात्रुको सेवा र सुविधालाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाँव दिनुभयो । यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्घेश्यका साथ अघि बढ्दै नाफा लिन समेत सुझाव दिनुभयो । पूर्व मेची बस व्यवसायी प्रालिले यी कुरालाई ध्यानमा राख्दैं आगामी दिनका योजना बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य बुढाथोकीले कोभिड १९ का बखत यसको रोकथाम र नियन्त्रणमा यातायात व्यवसायी र मजदुरले खेलेको भूमिकाका बारेमा प्रशंसा गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै कम्पनिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले कम्पनिको विगत तथा वर्तमान र भावी योजनाका सञ्चालक समितिकातर्फबाट तयार गरिरएको प्रतिवेतन प्रस्तुत गर्नुभयो । यस कम्पनीमा लगभग ८ सय सवारी साधनहरु आवद्ध रहेका छन् । यी मध्ये कतिपय सवारी साधन आ–आफ्नो व्यवस्थापनबाट सञ्चालन हुने र दुर्घटना जोखिम मात्र यस कम्पनीले वहन गरिरहेको र कतिपय सवारीहरुको व्यवस्थापन तथा दुर्घट्ना जोखिम दुवै यस कम्पनिले वहन गर्दै आएको अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटना नियन्त्रण तथा न्यूनिकरण गर्ने, कार्यालय तथा बिभाग फाँटहरुलाई चुस्त दुरुस्त पार्ने, दुर्घटना नियमावली कार्यान्वयन गराउने, कार्यालय तथा प्रा.लि.सञ्चालनका लागि आवश्यक पर्ने कार्यविधि नियमावली तयार गरी कार्यान्वयन गरिने, बिभिन्न नयाँ रुटहरुको खोजी गरी सेवा सञ्चालन गर्ने, मेची बस व्यवसायी संघका नाममा कायम रहेको चल अचल सम्पति प्रा.लि.का नाममा रुपान्त्तरण गराउन पहल गर्ने, बिमा कम्पनीहरुसँग विमा क्षतिपूर्ति वापत रकम बृध्द्धि गर्ने र सिघ्र फस्र्यौटका लागि पहल गर्ने, शेयर वापतको रकमलाई उत्पादनशिल क्षेत्र पहिचान गरि लगानी गर्ने, यो कम्पनी दर्ता हुनु पूर्व रहेको मेची बस यातायात व्यवसायी प्रा.लि लाई सम्भव भएसम्म यस कम्पनीमा मर्ज गर्ने अन्यथा उक्त कम्पनीको दर्ता खारेजीको कानुनी प्रकृया अवलम्बन गरिने, यस प्रा.लि.अन्र्तगत सञ्चालनमा रहेका सवारी साधनहरु मध्ये केहि सवारीहरु बिभिन्न कारण र चालक को कमजोरी समेतका कारण गंम्भीर प्रकृतिका दुर्घटना हुन गई ठूलो जनधनको क्षति भई प्रालि लाई आर्थिक संकट पर्न गएकोले लामो दुरीका सवारीहरुमा अनिवार्य २ दुई जना चालक राख्न लगाईने, आर्थिक अनुशासनलाई कढाईका साथ कायम गराईने । आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन तथा नियुक्ति गरिने, यातायात व्यवसायी ,कार्यरत कर्मचारी र सेवाग्राही यात्रु बर्गहरुको हकहितका लागि योजना बनाई कार्यान्वयन गरिने, कर्मचारी तथा चालकहरुलाई प्रशिक्षण गराउने, व्यवस्थापनको क्षेत्रमा भएका कमि कम्जोरीहरुलाई सुुधार गरिंदै लगिने र प्रालिको हितमा हुने गरी अन्य कार्यहरुलाई आगामी कार्ययोजनामा राखिएको छ ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले ०७६ चैत्र ११ गतेबाट विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण सुरु भएको लकडाउनले हरेक पेशा व्यवसायीहरुलाई गम्भिर रुपमा असर पु¥याएको भन्दैं यसलाई अहिले पुरानै लयमा फर्काउन समस्या भएको विचार राखेका थिए । कार्यक्रममा नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ झापाका संयोजक टंक दवाडी, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष मेचीनगरका अध्यक्ष विष्णु गौतम, स्वच्छ काँकरभिट्टाका कोषाध्यक्ष राम तामागंलगायतले बोल्नुभएको थियो ।
कम्पनिका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई कम्पनिका व्यवस्थापक दुर्गाराम अर्यालले शब्दबाट स्वागत गर्नुभएको थियो ।
























