सिसिएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाण्डौं । सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को पुनर्गठन गरेको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो।

पुनर्गठन गरिएको सिसिएमसीमा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहनेछ। सिसिएमसीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।

विशेष खालका मुद्दामा डिल गर्न विशेष एजेन्सी प्रभावकारी भएको अनुभवको आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले जानकारी दिएका छन्।

शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको हो। कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपतकाल घोषणा गरेर सेना परिचालन गर्नसक्ने सम्मको अधिकार सरकारले दिइएको छ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए। सेनाका पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए। त्यसका साथै नेपाली सेना र माओवादी सेनाबीच भएको समायोजनमा समेत उनी संलग्न थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.