२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ११ हजार ३०८ जना संक्रमित भएका छन भने ४ लाख ४ हजार ५३० निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।























