खेल क्षेत्रका व्यक्तिलाई खोपमा प्राथमिकता दिइने : मन्त्री तामाङ

A notice in Nepali from Mechinagar Ward No. 10

२६ जेठ, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनु भएको छ।

बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खटिने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनु भएको हो।

उहाँले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताउनु भयो ।

‘खोपलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ । आएको खोपको सीमितताका कारणले उमेर समूहलाई छुट्याएर लगाइरहेका छौं । सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईँहरुले पाउनुहुनेछ।’

उहाँले भन्नु भयो, ‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन । तर अब यस्ता विभिन्न क्षेत्रलगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ, उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.