पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाल आयल निगमले असार १० देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। गत जेठमा मात्रै मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको एक महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।

बढेको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।

नेपाल आयल निगमका अनुसार यसअघि कायम भएको पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा २ रूपैयाँ बढाइएको छ। आन्तरिक हवाईको इन्धनमा पनि २ रूपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ।

गत जेठ २२ मा मात्र आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा साबिकको मूल्यमा २ रूपैयाँ बढाएको थियो।

भारतीय अयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले सोहीअनुसार नेपालमा समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.