जेष्ठ नागरिकलाई साउन २५ गतेदेखि कोभिशिल्डको दोस्रो डोज खोप लगाइने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार यही साउन २५ गतेदेखि कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा रहेका ६५ वर्ष माथिका १३ लाख ३८ हजार बढी जेष्ठ नागरिकहरुले खोप लगाउन पाउने भएका हुन् ।

खोप महाशाखाका अनुसार सुरुमा क्रमशः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उक्त खोप दिइने छ । उक्त खोप अभियान प्रदेश १ र २ मा भने केही दिन ढिलो हुने जनाइएको छ ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.