२१ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ७४३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा संक्रमण देखिएको छ भन ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गर्दा ४०९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ९७९ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ७० हजार ७५९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख २८ हजार ९२८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























