१ हजार ३७१ जना संक्रमण मुक्त : ९५३ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

८ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० जनाको पीसीआर परीक्षण गर्दा ७९० जनामा संक्रमण देखिएको छ भन ३ हजार ५२९ जनाको एन्टिजेन परीक्षण गर्दा १६३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार ५७९ जनाको कोरोना परीक्षण गर्दा ९५३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९० हजार ६६२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० हजार ४४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ५९ हजार ८७५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.