१६ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार १२३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८६७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा ६५९ जनामा संक्रमण देखिएको छ भन २ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार २१९ जनाको कोरोना परीक्षण गर्दा ८६७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९६ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ६७ हजार ८१९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























