१३ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ९११ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३१६ जनाको पीसीआर परीक्षण गर्दा २९७ जनामा संक्रमण देखिएको छ भन २ हजार ५९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ७ हजार ९११ जनाको कोरोना परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १२ हजार १९४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९१ हजार २६९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























