३ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २९६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जनामा संक्रमण देखिएको छ भने १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १८ हजार ५७८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार २७५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९९ हजार ५४५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























