२१ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण देखिएको छ भने २ हजार ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २३ हजार १०२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ६६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ५ हजार २०५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























