८ पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २९३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जनामा संक्रमण देखिएको छ भने २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ ।
८ लाख २६ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ९ हजार ९२२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





















