खोप अभियान चलाउन माघमा चार दिन विद्यालय खोल्ने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, काठमाडौँ : कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए।

चार दिन विद्यालय खोल्ने निर्णय भएको भन्दै कोइरालाले सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयन गर्ने बताए।

बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत उपस्थित थिए।

सरकारले काेराेना महामारी राेकथाम तथा नियन्त्रणका लागि भन्दै पुस २५ गते सिसिएमसिले गरेको सिफारिस अनुसार माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.