२ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको छ भने २ हजार ४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ८ हजार ६९६ जनाको कोरोना परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ८ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७३ हजार ५४१ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३७ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ४० हजार ९०२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























