६ चैत्र, मेचीनगर : पछिल्लो २४ घण्टामा ३८२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको छ भने १ हजार २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार १५५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६२ हजार ९६४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
























