५ वैशाख, मेचीनगर : पछिल्लो २४ घण्टामा ३४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ भने १ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ४ हजार ६९१ जनाको कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६६ हजार ३७३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























