१७ वैशाख, मेचीनगर : पछिल्लो २४ घण्टामा १७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६६ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ भने १ हजार ११४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा २ हजार २१४ जनाको कोरोना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २३० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार १९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६६ हजार ६२९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।























