पोखराको मेयरमा धनराज आचार्य निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, पोखरा  : पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणनाअनुसार, आचार्यले ५८ हजार ८९३ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन्।

उनी पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए। उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन्। उनले ६० हजार ५४६ मत पाइन्। उनका प्रतिष्पर्धी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.