उत्कृष्ट सासु—बुहारी सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

१५ फागुन, मेचीनगर : झापाको ज्येष्ठ नागरिक वडा समिति मेचीनगर– ६ ले शुरु गरेको उत्कृष्ट सासु—बुहारी सम्मान अभियान अन्तर्गत सोमबार दुई जोडी सासु बुहारीलाई उत्कृष्ट सासु बुहारी सम्मान प्रदान गरेको छ । इकाई नम्बर ३ मेचीनगर डाँडामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर काँकरभिट्टा निवासी ५९ वर्षीया सासु कृष्णकुमारी खत्री तथा बुहारी २९ वर्षीया एलिजा भट्टराई तथा सासु ५२ वार्षीया शान्ता श्रेष्ठ । बुहारी ३२ वर्षीया जिना श्रेष्ठको जोडीलाई सम्मान गर्नुभएको थियो ।

उहाँहरूलाई सासुले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख उप्रेतीले समाजमा सासु बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिनुभयो । अब सासु होईन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उहाँले बताउँनुभयो ।

ज्येष्ठ नागरिक समिति मेचीनगरले शुरू गरेको यो अभियानले अन्य सासु बुहारीमा समेत सम्बन्ध सुधार विस्तार हुनेमा विश्वास व्यक्त गर्नुभयो । समितिले १ नम्वर ईकाइबाट यो अभियान शुरू गरेको र नगरका दशवटै ईकाइमा अभियान क्रमस अघि बढाउने समितिले जनाएको छ । अहिलेसम्म तीनवटा इकाईमा अभियान सम्पन्न गरेको छ । यसअघि ६ जोडी वा १२ जना सास —बुहारीलाई उत्कृष्ट सासु—बुहारी सम्मान प्रदान गरीसकेको छ ।

समितिका नगर अध्यक्ष नारायण प्रसाईको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि हिम्मत क्षेत्री, सुन्दरी श्रेष्ठलगायतले बोल्नुभएको थियो । उहाँहरूले कुनै सासुले आफु पनि कसैको छोरी, बुहारी हुदैँ सासु र बुहारीले कसैको छोरी भएर बुहारी हुदैँ सासु हुने कुरा विर्सनु नहुने बताउनुभयो । सासु र बुहारीबीचको सम्बन्ध आमा छोरी सरह भए त्यो घर असल र सभ्य हुने उहाँहरूको भनाई थियो । नगर सचिव प्रल्हाद श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.