मेची गंगा विश्रामालय आर्यघाटको शिलान्यास

A notice in Nepali from Mechinagar Ward No. 10

१० वैशाख, मेचीनगर : झापाको मेचीनगरमा आधुनिक तरीकाको आर्यघाट (दाहासंस्कार स्थल) र मलामी विश्रामालय निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको पर्यटन, बन तथा वातावरण मन्त्रालय र  रोटरी क्लब अफ काँकरभिट्टाको साझेदारीमा नेपाल र भारतलाई छुट्टयाउने नेपालतर्फको भूःभाग मेचीनगर ६ मा निर्माण हुने सो संरचनाको शनिबार शिलान्यास भएको छ ।

रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको निक्कै अघिदेखिको यो प्रयास सफल भएको हो । क्लबले संरचना निर्माणकालागि पहलकदमी शुरु गरेको थियो ।

कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ्ग, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, कोशी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली राधा थापाले संयुक्तरुपमा मेची गंगा विश्रामालय आर्यघाट संरचनाको शिलान्यास गर्नुभएको थियो ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/२०२३ को अध्यक्ष सुजन प्रधानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य रोटरी क्लब अफ काँकरभिट्टाका पुर्व अध्यक्ष मोहन निरौलाले राख्नुभएको थियो भने संरचनाको लागानीलगायतका बिषयमा सचिव भगिरथ राईले प्रष्ट पार्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.