नेकपा सांसद सानु शिवाको निधन

काठमाण्डौ । सांसद सानु शिवा पहाडीको निधन भएको छ।

पहाडी २०७४ सालमा इलामबाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित बनेकी थिइन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको बुधबार(आज) बिहान उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।

उनको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

Exit mobile version